Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


रुकुम घटनाका दोषीलाई कानूनी कारवाही गर्न बारको आग्रह


0
Shares

काठमाडौं, जेठ १३ । नेपाल बार एसोसिएशनले अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाको यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

महासचिव अधिवक्ता लीलामणि पौडेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा दोषीलाई कारवाही तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराई भविष्यमा यस्ता प्रकारका घटना समाजमा दोहोरिन नदिन अपनाउनुपर्ने जनचेतनाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो ।

जाजरकोट जिल्ला भेरी नपा–४ निवासी नवराज विक र रुकुम जिल्ला चौरजहारी नपा–८ निवासी सुष्मा मल्लबीचको प्रेमलाई वैवाहिक सम्बन्धमा अगाडि बढाउने सन्दर्भमा भएको घटनमा तीन जनाको निधन भएको र अन्य तीनजना बेपत्तासमेत भइरहेकाप्रति बारले ध्यानाकर्षण जनाएको हो । रासस