Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


मानपुरमा आगलागी, ९ घर जलेर नष्ट


0
Shares

चन्द्रौटा, जेठ १३ । कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएका छन् ।

स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।

आगलागीबाट रु २० लाख बराबरको क्षति भएको छ । घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगोबाट मानवीय तथा चौपायाको क्षति भएको छैन ।

कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।

गर्मीयाम शुरु भएसँगै यहाँ आगलागीका घटना बढेका छन् । गत चैतमा पनि विजयनगरको  गुगौलीमा आगलागी हुँदा ४९ घरगोठ जलेर नष्ट भएका थिए । रासस