Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


रुकुम घटना : मृतक ३, बेपताको खोजी जारी, वडा अध्यक्ष सहित १२ जना पक्राउ


0
Shares

रुकुम, जेठ १३ । रुकुम घटनामा संलघ्न भएको भन्दै चौरजहारी नगरपालिका ८ का वडा अध्यक्ष सहित १२ जना पक्राउ परेका छन् ।

शनिबार भएको घटनामा संलघ्न भएको भन्दै चौरजहारी नगरपालिका ८ का वडा अध्यक्ष डम्बर बहादुर मल्ल, नबराजकी प्रेमिका, केटीका बुवा वीर बहादुर मल्ल लगायत १२ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चौरजहारिका प्रहरी निरीक्षक धर्मशिह बिष्टले बताए ।

केटा र केटीबिचको प्रेम सम्बन्धले अन्तमा दुखद घटनामा परिणत गराएको छ । उक्त घटनामा अझै ३ जना बेपत्ता भएका छन् ।

घटनामा परि मृत्यु हुनेहरुमा जाजरकोट भेरी नगरपालिका ४ राना गाउका वर्ष २१ का नबराज बिक, वर्ष २० का टिकाराम बिक र वर्ष १७ का गणेश बियम रहेका छन् ।

बेपत्ता हुनेहरुमा भेरी नपा ११ जाजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, सोही ठाउका वर्ष १७ का गोबिन्द शाही र भेरी नपा ४ का १८ वर्षका सन्जु बिक रहेका छन् ।

गत शनिबार राती केटीको विषयलाई लिएर दुई पक्षबीच झगडा भएको थियो ।  शनिबार साझ प्रेम बिवाह गर्न गएका भेरी नगरपालिका ४ राना गाउ जाजरकोटका २१ वर्षका नबराज बिक सहित १८ जनाको टोलि रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ कि १७ वर्षिया मल्ल थरकी केटीको घरमा पुगेको थियो ।

केटी पक्ष र केटा पक्षबिच चर्काचर्की भएपछि गाउलेले नबराजको टोलिलाई लखेटेको थियो । केटी पक्षले भने लकडाउनको समयमा गाउँमा आउन नहुने भनी लखेटेको बताएका छन् ।

गाउँलेहरूले लखेटदा भाग्ने क्रममा प्रेमी भनिने नबराज बिक सहित ३ जना भेरी नदिमा परि मृत्यु भएको हो । नबराजका बुवा मोहन र आमा उर्मिलाले आफुहरु दलित भएकै कारण लखेटेको आरोप लगाएका छन ।

। भेरी नदिमा हराईरहेका अरु ३ जनालाई दुवै जिल्लाका प्रहरीहरुले खोजिरहेका छन् ।

चौरजहारीमा भएको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन र दोषीलाई कडा कारबाहीका लागि  पीडित पक्ष लगायतले चौतर्फी दबाब दिएको छ ।

यसैबीच गृह मन्त्रालयले मंगलबार छानबिनका लागि ५ सदस्यीय छानबिन समिती गठन गरेको छ ।

सह सचीवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहका उप सचीव सहितको समिती बनेको छ । मृतका लास पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ ।

आफन्तले लास अझै बुझेका छैनन । दलित अधिकारकर्मिहरुले जातीय विभेद घटना भएको आरोप लगाउदै आन्दोलित भएका छ्न ।