Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल


0
Shares

काठमाडौं,जेठ १३ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ।

बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलशनमा राखिएको छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार सङ्क्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पु¥याउने काम गर्दै आएका थिए । 

नगरपालिकामा कोरोना संक्रमित हुने  दुई जना पुगेका छन् । यसअघि  सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । रासस