Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बानेश्वरमा मेयर बालेनको कारबाहीः ३ सय भवनको भूमिगत तला निसानामा


4.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङका लागि बनाएको भूमिगत तलालाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नेे करिब ३ सय भवनमाथि कारबाही गर्ने भएको छ ।

घरधनीहरूले भूमिगत तलामा पार्किङको व्यवस्था गर्ने उल्लेख गरी नक्सा पाससहित घर बनाए पनि भूमिगत तलालाई पार्किङका लागि नभई पसल, क्याफे सञ्चालनलगायत व्यावसायिक प्रयोजनका लागि भाडा लगाएपछि महानगरपालिकाले कारबाही शुरू गरेको हो ।

सोमबार बिहान अचानक नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र प्राविधिक टोलीसहित बानेश्वर कम्प्लेक्स पुगेर मेयर बालेन साहले बानेश्वर कम्प्लेक्सको भूमिगत तला भत्काउन लगाउनुभएको थियो । भूमिगत तला भत्काउन थालेपछि त्यहाँ रहेको व्यापारीले सामान हटाउन थालेको थिए ।

मेयर साहले भूमिगत तला खाली गर्न दिएको समय सीमालाई वेवास्ता गरेको कारण भत्काइएको बताउँदै भन्नुभयो– ‘अटेर गर्ने सबैमाथि कारबाही गरिनेछ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।