Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


किसानको राहत वितरण नगरी फिर्ता


78
Shares

धनगढी । कैलालीको स्थानीय तहले बेमौसमी वर्षाले धान भिजाएर कुहिएबापत आएको राहत रकम किसानलाई वितरण नगरी फिर्ता गरेका छन् ।

८३ हजार ४ सय किसानलाई राहत वितरण गर्न संघीय सरकारले गत जेठमा २१ करोड ९७ लाख रुपैयाँ पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले त्यसमा केही रकम थप गरी स्थानीय तहहरूलाई २२ करोड २६ लाख ६७ हजार ५४० रुपैयाँ पेश्की दिएको थियो ।

त्यसमध्ये स्थानीय तहहरूले पाँच करोड ६३ लाख ८५ हजार ८ सय रुपैयाँ फिर्ता पठाएका छन् । उनीहरूले ५९ हजार २ सय ४५ जना किसानलाई १६ करोड ६२ लाख ८१ हजार ७४० रुपैयाँ भने राहत वितरण गरेका छन् ।

कैलालीकामा स्थानीय तहहरूले राहत पाउनुपर्ने किसानमध्ये ७१ प्रतिशतलाई ७४.६७ प्रतिशत राहत रकम वितरण गरेका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले सबै किसानले राहत पाउन नसके पनि राहत वितरणको प्रगति ठिकै भएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।