हेटौंडा, जेठ १२ । बाग्मती प्रदेशसभाको छैठो बजेट अधिवेशन सोमबारबाट हेटौंडामा सुरु भएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै कोरोनाको संक्रमणविरुद्ध सरकारले सक्दो प्रयास गरिरहेको बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले लकडाउनसँग जुध्दै अर्थतन्त्र उकास्न जरुरी रहेकोे बताए ।
यसैगरी प्रतिपक्षी दलका नेता एवम् नेपाली काग्रेसका इन्द्र बानियाँले कोरोनाबाट शिथिल अर्थतन्त्रलाई बचाउन सबै दलहरुको साझा आर्थिक नीति बनाउनेतर्फ लाग्न र बजेट पनि सोही अनुसार लागू गर्नु पर्ने बताए ।
अधिवेशनको सोमबार पहिलो दिन माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस गरे ।
यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङगेलले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न बनेको अध्यादेश पेस गरे भने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेलले प्रदेश प्रहरी सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७७ पेस गरे ।
यसैगरी बैठकमा बजेट, सिद्धान्त र प्राथमिकता, आ. व. २०७७/०७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरिएको छ ।
यस्तै बाग्मती प्रदेश सरकारले भोली नै नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने जानकारी दिइएको छ ।





प्रतिक्रिया दिनुहोस्