Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मतदाता रिझाउन घोषणापत्रको तयारीमा दल


52
Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा जुटेका छन् । ४ मंसिरमा हुने निर्वाचनमा मतदाता आकर्षण गर्न राजनीतिक दलहरूले घोषणापत्र बनाउने गृहकार्य थालेका हुन् । उनीहरू पार्टीभित्र छलफल गर्दै घोषणापत्र मस्यौदा तयारी समिति गरी सोको आन्तरिक तयारीमा जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहित साना दलसमेत घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा छन् । यी राजनीतिक दलले विगतका निर्वाचनमा घोषणापत्रमार्फत जनताका माझमा गरेका प्रतिबद्धता पूरा नगरेका कारण आलोचना हुँदै गर्दा पुरानै योजना तथा पूरा गर्न नसकिने योजनाका साथ सुन्दर, मिठो एवं गहकिलो नारासहितको घोषणापत्रको मस्यौदा गरिरहेका छन् ।

शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानी, रोजगार, शान्ति सुरक्षालगायतका विषयमा केन्द्रित भई मस्यौदा तयारी गरिरहेको बताइएको छ । यिनै विषयलाई प्राथमिकता दिएका राजनीतिक दलले अन्य महत्वपूर्ण गौरवका आयोजनालाई समेत आफ्नो घोषणापत्रमा समेट्ने बताएका छन् । एमाले सचिव योगेश भट्टराईले घोषणापत्रमा समेट्नुपर्ने विषयमा आफूहरूले सुझाव संकलन गरिरहेको बताए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा गठन भएको घोषणापत्र मस्यौदा समितिसमक्ष सुझाव बुझाउने उनले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।