१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन


0
Shares

काठमाडौं, भदौ २ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार निधन भएको छ ।

८० वर्षीय अन्नानको सामान्य बिरामी अवस्थामै निधन भएको उनको नाममा स्थापित कोफी अन्नान फाउन्डेसनले जनाएको छ ।

विश्वकै उच्च तहको कूटनीतिज्ञकारुपमा काम गर्ने उनी पहिलो अश्वेत नागरिक थिए ।

राष्ट्रसंघको महासचिवकारुपमा उनले सन् १९९७ देखि सन् २००६ सम्म काम गरेका थिए ।

त्यसपछि पनि उनले राष्ट्रसंघको विशेषदूतकारुपमा सिरियाको गृहयुद्ध शान्तिपूर्णरुपमा समाधान गर्न भूमिका निभाएका थिए ।

गरिबी र शिशु मृत्युदर घटाउनेलगायतका विषयलाई लक्षित गरी पहिलोपटक तयार पारिएको सहश्राब्दी विकास लक्ष्यलाई उनले आफ्नो कूटनीतिक भूमिकामा ठूलो उपलब्धि मानेका थिए ।

उनी सन् २००१ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए ।

घानाका नागरिक अन्नान केही वर्षयता जेनेभामा बस्दै आएका थिए । (एजेन्सी)