Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


नेपाली व्यवसायी चिन्तित

नेपाली चिया रोक्ने भारतको प्रयास

195
Shares

इलाम । भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भएकाे भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ ।

उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया राेक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका छन् । नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात गर्दा भारतको चियासमेत सोही अनुरुपको भएको भन्दै त्यहाँको संसदकाे एक समितिले नेपाली चिया रोक्न प्रस्ताव गरेको थियो ।

भारतीय बजारमा नेपाली चिया गुणस्तरहीन भन्ने हल्ला चलाइएपछि नेपाली चिया व्यवसायीहरू हाल नेपालको चिया बिक्ने र नबिक्ने अन्योलमा छन् । उद्योगी व्यवसायीहरूले भारतले नेपाली चियालाई आरोपमात्र लगाएको भन्दै यसको विरोध गरेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।