
वीरगन्ज । छिमेकी देश भारतले गण्डक नहरमा सम्झौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ ।
भारतले हाल नहरका ४ समयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ । जसका कारण सिँचाइ हसन नसक्दा धानसेत पटपटी फुट्न थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन् ।
मागअनुरुप सिँचाएका लागि पानी वितरण गर्न नसकिएको नाराउणी सिँचाए व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताउनुभयो ।
गण्डक सम्झौताअनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी पठाउनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतले नहरमा पानी जोढ्ने गर्छ ।
भारतमै ९२ किलोमिटर यात्रा गरेर नहरको पानी पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलबाट नेपाल प्रवेश गर्छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्