संखुवासभा, जेठ ११ । संखुवासभाको खाँदबारी नगरपालिका – ६ पांठाकी ३२ बर्षिया एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
आर्थिक अभाबका कारण समयमै उपचार हुन नसक्दा गंगा कार्कीको मृत्यु भएको हो
प्रसव पीडाबाट बेहोस भएकी मृतक कार्कीलाई खाँदवारीबाट उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
उनको काठमाडौं स्थित थापाथली प्रसुति गृहमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रसव पीडाले च्यापेपछि कार्कीको जेष्ठ ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो ।
कार्कीको कोरोना चेकजाँच गरिएको र रिपोर्ट नेगेटिभ आएपछि आइतबारनै काठमाडौंमा दाहसंस्कार गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्