अर्घाखाँची, जेठ ११ । भारत तथा छिमेकी जिल्लाबाट अर्घाखाँचीमा आउनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।
रोजगारीका लागि भारत गएका नागरिक गृह जिल्लामा आएका हुन् ।
छिमेकी जिल्लामासमेत कोरोना संक्रमितको संख्या बढेपछि छिमेकी जिल्लाबाटसमेत अर्घाखाँची आउँन थालेका छन् ।
आज मात्र ५ सय ८७ जना कृष्णनगर र बेलहिया नाका हुँदैं प्रवेश गरेका छन् ।
प्रवेश गर्ने मध्य सन्धिखर्क नगरपालिकाका १ सय ७० जना, भुमिकास्थान नगरपालिकाका ३ सय ३६ जना, शितगंगा नगरपालिकाका ४ सय ४३ जना र बिभिन्न स्थानका गरी १ हजार ३ सय ८९ नागरिक जिल्ला भित्रिएका छन् ।
हाल सम्म निर्माण गरिएका १ सय २२ स्थानको क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्