३० असार २०८२, सोमबार | Mon Jul 14 2025


विश्वभर कोरोनाबाट ३ लाख ४४ हजारको मृत्यु


0
Shares

काठमाडौं, जेठ ११ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख २० हजार पुगेको छ ।

३ लाख ४४ हजार दुई सय ५७ जनाको मृत्यु भएको छ । २२ लाख ५५ हजारलाई उपचार पछि निको भएको छ ।

सबैभन्दा बढी अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जना भएका छन् । त्यसैगरी मृतकको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ ।

दोस्रो स्थानको ब्राजिलमा ३ लाख ४९ हजार एक सय १३ जना संक्रमित हुँदा २२ हजार १ सय ६५ जना संक्रमित भएका छन् ।

तेस्रो स्थानको रुसमा आइतबार ८ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएर जम्मा संक्रमितको संख्या तीन लाख ४४ हजार ४ सय ८१ पुगेको छ ।

मृतक ३ हजार ५ सय ४१ पुगेका छन् । दक्षिण एसियामा भारत ११ औं स्थानमा छ । अहिलेसम्म १ लाख ३१ हजार ९ सय २० जना संक्रमित हुँदा ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ५४ हजार ६०१ जना संक्रमित हुँदा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा ४ सय ५२, अफगानिस्तानमा २ सय १८, श्रीलंकामा ९ तथा माल्दिभ्समा ४ जनाको मृत्यु भएको छ ।

भुटानमा भने २४ जनामात्र संक्रमित छन् । (एजेन्सी)