१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शपथ लिए


0
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले नयाँ प्रधानमन्त्री खानलाई शपथ गराएका हुन् ।

संसद्मा हिजो भएको निर्वाचनमा पूर्व क्रिकेटर खान पाकिस्तानको २२ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

शपथ ग्रहण कार्यक्रममा उनी कालो रंगको सेरबानी लगाएर उपस्थित भएका थिए ।

प्रधानमन्त्री चयनका लागि हिजो भएको निर्वाचनमा उनले रष्ट्रियसभाका १७६ जना सदस्यको समर्थन प्राप्त गरेका थिए ।

विपक्षी पाकिस्तानी मुस्लिम लिग नवाजका प्रमुख शहबाज शरीफले ९६ मत मात्र प्राप्त गरेका थिए ।

२० वर्षदेखि सक्रिय राजनीतिमा लागेका ६५ बर्षीय खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधार ल्याई नयाँ पाकिस्तान बनाउने प्रतिबद्धता जनाएका छन् ।(एजेन्सी)