२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन सुरू


468
Shares

काठमाडौं । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन सुरू गरिएको छ ।

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयबासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन सुरू भएको हो ।

गत फागुनदेखि ट्रान्सफर स्टेशसनमा थुप्रिएको फोहोरलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्याण्डफिल्ड साइटमा समस्या भएको कारण ट्रान्सफर स्टेसनमा फोहोरको थुप्रो बढेको थियो ।

काठमाडौं महानगरपालिका वातावरण विभाग ल्याण्डफिल्ड साइटका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार बिहीबार बिहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले १८ र समानान्तर निर्माण सेवाले ३० र बाँकी कामनपाले गरी ६० फोहोर ल्याण्डफिल्ड साइटमा लगिएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।