Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


विवादबारे बोल्न तर्किए कार्यवाहक प्रशिक्षक


429
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादबारे कुनै टिप्पणी गर्न नचाहेको बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गते बसेको दोस्रो कार्यसमिति बैठकबाट हुमागाईंलाई असोज ११ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

त्यसअघि अल्मुताइरीले भने आफूसँगको विवादपछि बाहिरिएका १० मध्ये अञ्जन विष्ट र तेज तामाङलाई समावेश गर्दै २६ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणको व्यवस्था मिलाइदिन एन्फा महासचिव किरण राईसमक्ष निवेदन दिएका थिए। एन्फाले भने उनी बिदामा रहेकाले उनको स्थानमा हुमागाईंलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

हुमागाईंले पछिल्लो पटक २०७८ वेैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा ललितपुर सिटी एफसीको प्रशिक्षण सम्हालेका थिए । यद्यपि लगातारको खराब नतिजाका कारण उनी बर्खास्त भएका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।