Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


गृहजिल्लामै गठबन्धन गरेर चुनाव जित्ने देउवाको दाउ


1.1k
Shares

काठमाडौं । गृह जिल्ला डडेल्धुरामा पार्टीभित्रको विभाजनमा कारण सन्त्रस्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा होमिने तयारी थाल्नुभएको छ ।

प्रधानमन्त्री देउवाकै कारण डडेल्धुरामा सत्तारूढ राजनीतिक दलहरूबीच चुनावी गठबन्धन हुने पक्कापक्की भएको नेकपा (माओवादी केन्द्र) का नेताहरू बताउँछन् ।

२०४८ सालदेखि हालसम्म ६ पटक डडेल्धुराबाट निर्वार्तित प्रधानमन्त्री देउवाविरूद्ध यसपटक नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी नदिने सहमति भइसकेको नेकपा (माओवादी केन्द्र) डडेल्धुराका नेताहरू बताउँछन् ।

देउवासँग तीनपटक (०६४, ०७० र ०७४) मा लगातार पराजित भएका माओवादी केन्द्रका स्थायी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट यसपटक देउवासँगै गठबन्धन गरेर प्रदेश सभा सदस्यका लागि निर्वाचनमा होमिने सहमति भएको नेकपा (माओवादी केन्द्र) का एक केन्द्रीय सदस्यले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।