
फाइल तस्बिर
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाउनुभएको छ ।
एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत नभएका कारण दलहरु अपवित्र साँठगाँठतर्फ लागेको उहाँको आरोप छ । गृहजिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गर्नुभयो ।
फरक प्रसंगमा उहाँले संविधानले व्यवस्था गरेअनुरुप सबैलाई नागरिकता दिइने बताउनुभयो । नेपाल नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्नुपर्ने संविधानले अधिकार दिएका सबै नेपालीले नेपालको नागरिकता प्राप्त गर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्