
एजेन्सी, जेठ १० । कोरोना भाइरसको संक्रमणमा ब्राजिलले रुसलाई उछिन्दै अधिक संक्रमित हुने दोस्रो स्थानमा पुगेको छ ।
पछिल्लो विवरणअनुसार ब्राजिलमा संक्रमित ३ लाख ३२ हजार नाघेका छन् भने रुसमा यो संख्या ३ लाख २६ हजारभन्दा केही बढी छ ।
ब्राजिलमा मृतक २१ हजार नाघ्दा रुसमा भने ३२ सय जनाको मृत्यु भएको छ ।
उता सर्वाधिक संक्रमित भएकोमा सम्मान ठान्ने राष्ट्रपति डोनल्ड ट्रम्पको मुलुक अमेरिकामा भने साढे ९७ हजारभन्दा बढी मानिसले मृत्युवरण गरिसकेका छन् । त्यहाँ १६ लाख ४५ हजार संक्रमित नाघेका छन् ।
यसैगरी बेलायतमा ३६,३९३, इटलीमा ३२,६१६, स्पेनमा २८,६२८, फ्रान्समा २८,२८९ जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्