२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बालकोटतिर साना दलको लर्को


1.391k
Shares

भक्तपुर । सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन् ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली एक वर्षअघि सत्ताबाट बाहिरिएर बालुवाटारबाट बालकोट सरेलगत्तै यहाँ बाक्लै चहलपहल हुने गरेको थियो ।

माहोल बीचमा केही सेलाएर हाले सम्पन्न स्थानीय निर्वाचनताका पनि फेरि तातेको थियो ।

त्यो माहोल निकट विगतमा फेरि केही पातलिएकोमा आगामी मंसिर ४ गतेको निर्वाचन घोषणापछि फेरि चहलपहल र भेटघाट बढ्न थालेको छ । हिजोआज ओली निवास बाहिरसमेत उहाँलाई भेट्न आउनेहरूको निजी र सरकारी गाडीको लाम लाग्ने गरेको देखिन्छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।