Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


चीनले गर्यो रसुवालाई आरडिटी कीट सहयोग


0
Shares

रसुवा । चीनको जिलोङ् काउन्टीले रसुवाका लागि आरडिटी कीट १ हजार ५ सय थान उपलब्ध गराएको छ ।

जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षकर्मी तथा सञ्चारकर्मीहरुको कोरोना परीक्षण गर्न आरडिटी कीटको अभाव भएको अवस्थामा चीन सरकारबाट आरडिटी कीट सहयोग आएपछि सबैको कोरोना परीक्षण गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

कोरोना भाइरस रोकथामका लागि यसअघि रसुवालाई तीन पटकसम्म चीनले पीपीई, एन–९५ मास्क, डिजिटल थर्मामिटर, खाद्यान्न लगायतका सामग्री उपलब्ध गराइसकेको छ ।

स्वास्थ्य सामाग्रीसँगै चीनले अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने एक करोड रुपयाँ बराबरको सामाग्रीसमेत हस्तान्तरण गरेको छ ।

चीनले रसुवागढीका लागि ब्यागेज स्क्यानर मेसिन, वाक थ्रु गेट र ५ वटा मेटल डिटेक्टर उपलब्ध गराएको हो ।

 

Skip This