१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इमरान खान आजदेखि पाकिस्तानको प्रधानमन्त्रीको कुर्सीमा


0
Shares

काठमाडौं । पाकिस्तानको २२ औं प्रधानमन्त्रीमा निर्वाचित भएका पूर्व क्रिकेटर तथा नेता इमरान खानले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।

संसद्मा हिजो भएको निर्वाचनमा बहुमत ल्याएपछि खान प्रधानमन्त्रीमा चयन भएका हुन । निर्वाचनमा उनले राष्ट्रियसभाका १७६ जना सदस्यको समर्थन प्राप्त गरेका थिए । 

विपक्षी पाकिस्तानी मुस्लिम लिग नवाजका प्रमुख शहबाज शरीफले ९६ मत मात्र प्राप्त गरेका थिए ।

सन् १९९२ को विश्वकप विजेता पाकिस्तानी टोलीका सबै सदस्यलाई कप्तान खानको प्रधानमन्त्रीको सपथ कार्यक्रममा निम्त्याइएको छ ।

यसैगरी भारतीय क्रिकेट लिजेन्ड कपिल देव, सुनिल गवास्कर र नवोजोत सिंहलाई पनि सपथ कार्यक्रमको अतिथिको रुपमा आमन्त्रण गरिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

२० वर्षदेखि सक्रिय राजनीतिमा लागेका ६५ बर्षीय खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधार ल्याई नयाँ पाकिस्तान बनाउने प्रतिबद्धता जनाएका छन् ।(एजेन्सी)