Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


विद्युत उत्पादनमा स्वदेशीलाई प्राथमिकता दिन माग


39
Shares

काठमाडौं । स्वदेशी पूँजी विदेशिन नदिनका लागि विद्युत उत्पादनमा स्वदेशी कम्पनीहरूलाई नै प्राथमिकता दिन विज्ञहरूले माग गरेका छन् ।

नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका तथा प्रस्तावित विद्युत विधेयक विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरूले स्वदेशी पूँजी विदेश पलायन हुन नदिन विद्युत उत्पादनमा स्वदेशी कम्पनीहरूलाई प्राथमिकता दिन सुझाव दिएका हुन् ।

विद्युत उत्पादनमा सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण तय गर्न समेत सरोकारवालाहरूको सुझाव छ । लामो समयसम्म विद्युत विधेयक तह हुन नसक्दा समयानुकूल विद्युत उत्पादन गर्न नसकिने र निजी क्षेत्रको लागि स्पष्ट ऐनको व्यवस्था नहुने उनीहरूको भनाइ छ ।

सरकारले जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहनमैत्री वातावरण तय गरिदिनुपर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।