Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


नेपालबाटै हेरिन्छ विदेशीको ग्रहदशा


442
Shares

काठमाडौं । सनातन धर्मप्रति आस्था राख्ने सयौं विदेशीले ग्रह शान्तिदेखि ग्रहदशा कटाउन नेपाली ब्राह्मणको हातबाट ग्रहशान्ति, जप, रुद्री पाठ गर्ने गरेका छन् ।

महर्षि ऋषिको नाममा स्थापना भएको महर्षि वैद्धिक फाउन्डेसनले पछिल्लो ५ वर्षको अन्तरालमा सयौं विदेशीले आत्मशान्ति र आफूले आँटेको काम पूरा हुने विश्वासका साथ गृहदशा कटाउन नेपाली ब्राह्मणबाट पाठ गराएको बताएको छ।

फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री डा. दीपक प्रकाश बाँस्कोटाले विदेशी नागरिकको सनातन धर्मप्रति आस्था बढ्दै गएका कारण संस्थाले नेपाली गुरुबाट ग्रहशान्ति, हवन, यज्ञलगायतका पाठ गर्ने गरेको जानकारी दिए । उहाँले भन्नुभयो, ‘सुरूमा सिफल र झापाबाट ग्रहशान्तिको पाठ गरिन्थ्यो भने एक वर्षअघिबाट फाउन्डेसनको भवनबाट पाठ गर्न थालेका छौं ।’

फाउन्डेसनले दक्षिणकाली नगरपालिका–१ चम्पादेवीमा गुरूहरूको ध्यान केन्द्र सञ्चालन गरेको छ । सो केन्द्रमा योगदेखि संस्कृत भाषाको विकासका लागि कक्षा सुरू गरिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।