Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ढिला गर्न हुँदैन : नारायणकाजी


0
Shares

काठमाडौं, जेठ ८ । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले ढिला गर्न नहुने बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गत्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबार बसेको बैठकमा श्रेष्ठले ‘अहिले नै विदेशमा रहेका सबै नेपालीलाई स्वदेश फर्क भन्ने अवस्था नभएको भन्दै नयाँ परिस्थिति उत्पन्न भएको बुझ्नु आवश्यक छ’–भने ।

तर, विदेशमा अप्ठेरो स्थितिमा रहेकाहरुलाई भने तत्काल फर्काउन सरकारले पहल गर्नुपर्ने भन्दै उनले गृह र श्रम मन्त्रालयलाई बोलाएर समितिले निर्देशन दिने बताए ।

बैठकमा समितिका अरु सदस्यहरुले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुपर्ने, ‘क्वारेन्टाइन’, ‘आइसोलेसन’, कोरोना अस्पतालको संख्या पनि बढाउन सुझाव दिएका छन् ।