Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई ओलीको चुनौती


416
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई चुनौती दिनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिनुभएको हो ।

अध्यक्ष ओलीले आफ्ना नयाँ युवा शक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताउनुभयो ।

देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको बताउनुभयो । उहाँले यो क्रम माओवादी जनयुद्ध सुरू भएपछि युवाहरु विदेश पलायन भइरहेको बताउनुभयो ।

उहाँले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेको बताउनुभयो ।