Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


१५ सय बढी नेपाली जमुनाह सीमामै अलपत्र


13
Shares

नेपालगन्ज, जेठ ८ । नेपाल–भारत सीमानाका जमुनाहबाट नेपालगन्ज प्रवेश गरेका नागरिकलाई गन्तव्यतर्फ पठाउनेक्रम जारी छ ।

भारतका विभिन्न ठाउँबाट आएकाहरुलाई स्थानीय तह र प्रहरीको सहयोगमा अलपत्र नागरिकलाई घर पठाउने कार्य भइरहेको हो ।

भारतबाट आउने नागरिकको संख्या ह्वात्तै बढेको र स्रोत–साधनको उचित व्यवस्थापन हुन नसक्दा १५ सय बढी नेपाली नागरिक सीमामै अलपत्र भएको सीमास्थित सुरक्षा निकायले जनाएको छ ।

नेपाल क्षेत्रको सडकमा मात्रै होइन, भारतको रूपैडिहामा पनि करिब एक हजारको हाराहारीमा नेपाली अलपत्र परेका छन् । उनीहरूलाई नेपालगन्जमा ल्याउनेक्रम चलिरहेको छ ।

उनीहरूलाई पालैपालो घर पठाउने बाँके प्रशासनले बताएको छ ।

पालो नआएका कारण उनीहरू तीन दिनदेखि नेपालगन्जको प्रचण्ड गर्मीमा सडकछेउमै बस्दै आएका छन् ।