२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड


3.718k
Shares

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्याविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिक कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

संशोधित कार्याविधिअनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल ) परिक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई अब सबै प्रदेशले कार्यान्वयन गर्नेछन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।