Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


करेन्ट प्रवाह गराई एकजनाको मृत्यु, तीनजना पक्राउ


0
Shares

कैलाली, जेठ ८ । कैलालीको जानकी गाउँपालिकास्थित बिजुलिया कुलोमा माछा मार्ने क्रममा बिजुलीको करेन्ट प्रवाह भई एकजनाको मृत्यु भएको घटनामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिकाका डम्बरबहादुर राजी, ऐशेरेसिंह लुहार र एकोभाने साउदलाई बिहीबार पक्राउ गरी उनीहरुमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

सोमबार रातिको समयमा माछा मार्ने क्रममा करेन्ट प्रवाह गरिएपछि जानकी गाउँपालिका दुर्गौलीका २१ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको थियो ।

प्रहरीले घटनास्थलबाट बाँसको लट्ठी र सो लट्ठीमा बाँधेको २४ मिटर लामो विद्युतीय तार र डम्बर राजीको घरबाट १७५ मिटर लामो विद्युतीय तारसमेत बरामद गरेको थियो  । रासस