रामपुर, जेठ ७ । कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका रामपुर नगरपालिका १० सिकोडाँडा १० वर्षीय सुनिल भट्टराईको शव फेला परेको छ ।
स्याङ्गजाको चापाकोट नगरपालिकास्थित ज्याग्दीदोभानदेखि करीब एक सय मिटर तल नदी किनारमा बुधबार दिउँसो साढे एक बजेतिर उनको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय रामपुरले बेपत्ता बालकको शव फेला परेको परिवारलाई खबर गरेपछि आफन्तले सोको पहिचान गरेका हुन् ।
यही जेठ ४ गते रामपुर –१० स्थित मलौटेघाटमा दिउँसो पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका थिए ।
उनीसंँगै बेपत्ता भएका १० वर्षीय समीर चापागाईँ भने अझै फेला परेका छैनन् । रासस








प्रतिक्रिया दिनुहोस्