Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भोजपुरमा सुरक्षा व्यवस्था कडा


0
Shares

भोजपुर, जेठ ७ । खोटाङ, उदयपुर र धनकुटामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि भोजपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत वैशाख ११ गते हतुवागढी गाउँपालिका–६, होम्ताङस्थित एक २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकासमेत ‘सिल’ गरिएको थियो ।

जिल्लाभित्र एम्बुलेन्स, सरकारी कामकाजका सवारी–साधन र खाद्यान्न ढुवानीबाहेक सम्पूर्ण सवारी पासमा रोक लगाइएको छ ।

भोजपुरका सम्पूर्ण मुख्य सिमानाका र स्थानीय तहको सिमानाको सुरक्षा स्थितिसमेत कडा पारिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

भोजपुर सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सडकखन्ड र चोकमा ‘ढाट’ लगाइएको छ ।

सर्वसाधारणलाई पनि अत्यावश्यक कामका लागि बिहान ५ बजेदेखि ८ बजे र बेलुकी ४ बजेदेखि ९ बजेसम्म बजारक्षेत्रभित्र आउजाउको व्यवस्थापन गरिएको छ ।

दैनिक उपभोग्य वस्तुको ढुवानी, महत्वपूर्ण विकास निर्माणका काम, बैंक र सरकारी काममा प्रयोग हुने सवारी–साधनलाई मात्र पास अनुमति दिइएको छ ।