Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


‘सरकार, भारतको क्वारेन्टाइनमा खान पाएनौं, उद्धार गरियोस्’ (भिडियो)


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ ७ । भारतको पलिया ‘क्वारेन्टाइन’मा रहेका नेपालीहरुले खाना खान नपाएको गुनासो गरेका छन् । तत्काल भारतबाट उद्धार गरी नेपालको क्वारेन्टाइनमा राख्न उनीहरुको आग्रह छ ।

भारतका विभिन्न सहरबाट फर्किएर नेपालको सीमानजिकका बजारमा क्वारेन्टाइनमा बसेका नेपालीहरुले आफ्नो देशमा प्रवेश गराउन सरकारसँग माग गरेका छन् ।

उनीहरुले भारतले निर्माण गरेको क्वारेन्टाइनमा खाना र बस्न समस्या रहेको बताएका हुन् ।

भारतको खिरी जिल्लाको पलियामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका साथै छिमेकी प्रदेशका नागरिकहरु पनि क्वारेन्टाइनमा बसेका छन् ।

बिहान–बेलुका खाजा व्यवस्था गर्ने भनेपनि नगरेको र खाना पनि भनेजति नदिने गरेको उनीहरुको गुनासो छ ।

भारतबाट रोजगारी गुमेर फर्किने मजदुरहरुले सीमानजिकका बजारमा रहेका क्वारेन्टाइनमा रोगलेभन्दा पनि खाना नपाएर मर्न लागेको भन्दै उद्धार गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सरकारले लामो समयदेखि भारतको पलियाको क्वारेन्टाइनमा रहेकाहरुको उद्धार गरेर पछि नेपाली भित्रन पाइने भन्दै भारतका विभिन्न ठाउँबाट नेपालीहरु नाकामा पुगेपनि उनीहरुलाई प्रशासनले भारतकै क्वारेन्टाइनमा पठाएको छ ।

पलियाको क्वारेन्टाइनमा खाना, कोठा र शौचालयको समस्या रहेको बताउँदै उनीहरुले सबैजना एउटै ठाउँमा खाना खाने, नुहाउने र शौचालय प्रयोग गर्नुपर्ने भएका कारण असुरक्षित भएको बताएका छन् ।

भारतका विभिन्न सहरबाट सुरक्षित तरिकाले सीमासम्म पुगेपनि क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमण हुन्छ कि भन्ने चिन्ताले सताउन थालेको उनीहरुको गुनासो छ ।

सरकारले चाँडै उद्धार नगरे भोक र चिन्ताले मरिने उनीहरुको गुनासो छ ।

भिडियो हेर्नुहोस्