Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


घुमुवामार्फत असुली


260
Shares

काठमाडौं । मधेस प्रदेशका जिल्लाहरूमा कार्यरत रहँदा प्रहरी आचरणविपरीत कार्य गरेको आरोपमा थन्क्याइएका प्रहरीलाई घुमुवा र इन्चार्जको जिम्मेवारी दिइएको छ।

सिरहामा जिल्ला प्रहरी कार्यालका घुमुवाका रूपमा वर्षौंदेखि उही अनुहार परिचालित छन्। 

उनीहरू अरू थोकभन्दा पनि तस्करसँग सेटिङ मिलाउने र तस्करका सामान गोदामसम्म पुर्‍याउने अनुकूल वातावरण मिलाइदिने कार्यमा खटिने गरेको स्थानीयको गुनासो छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखले आर्थिक संकलन गराउन कारबाही खाएका प्रहरीहरूलाई घुमुवा र नाकाको जिम्मा लगाएको गुनासो गरिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।