Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बढी बोनस दिने रोजगारदातामा बैंक अगाडि


234
Shares

काठमाडौं । बोनस ऐनअन्तर्गत स्थापना भएको राष्ट्रिय कल्याणकारी कोषमा हालसम्म ३७ अर्ब रुपैयाँ जम्मा भएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आर्थिक वर्ष मात्र सो कोषमा १ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको जनाएको छ ।

बोनस ऐन, २०३० को दफा ५ अनुसार मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारी तथा श्रमिकलाई बोनसबापत छुट्याउनैपर्ने कानुनी प्रावधानअनुसार सो रकम जम्मा भएको हो ।

विभागका निर्देशक मणिनाथ गोपले एक आवको कम्पनीको नाफाअनुसार न्यूनतम पारिश्रमिक लागू नभएका श्रमिकलाई ८ महिना र न्यूनतम पारिश्रमिक लागू भएका श्रमिकको हकमा ६ महिनाबराबरको नाफाबाट बोनस दिइँदै आएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।