१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इमरान खान बने पाकिस्तानका प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ १ । पाकिस्तानका पूर्वक्रिकेटर इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन् ।

शुक्रबार पाकिस्तानको ‘नेसनल एसेम्ली’मा भएको निर्वाचनमा पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शाहज सरिफलाई १७६ मतले पराजित गर्दै तेहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खान पाकिस्तानका २२औं प्रधानमन्त्री बनेका हुन् ।

शाहज सरिफको पक्षमा भने ९६ मतमात्र परेको थियो भने पाकिस्तान पिपुल्स लिगले मतदान बहिस्कार गरेको थियो ।

६५ वर्षीय नवनियुक्त प्रधानमन्त्री खानको शपथग्रहण शनिबार (भोलि) हुने भएको छ । (एजेन्सी)