लमजुङ, जेठ ६ । लमजुङमा कोरोना संक्रमित व्यक्तिको मृत्युपछि शव व्यवस्थापनको मंगलबार नमुना अभ्यास गरिएको छ ।
कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा अपनाइने उच्च सतर्कता विधिबारे नेपाली सेनाको श्रीजङ गणले जिल्ला प्रहरी र जिल्ला सामुदायिक अस्पतालसँग समन्वय गरी मंगलबारनमुना अभ्यास गरेको हो ।
नमुना अभ्यासका क्रममा प्रहरीले शव मुचुल्कालगायतका सुरक्षा घेराको नमुना अभ्यास गरिएको थियो । नेपाली सेनाले उच्च सुरक्षा सतर्कता अपनाउँदै शवको व्यवस्थापन विधिको अभ्यास गरेको थियो ।
‘कोभिड–१९’ को सन्दर्भमा सुरक्षा व्यवस्थापनबाहेक सेना तथा प्रहरीले गरेका आन्तरिक तयारीकोबारेमा सरोकारवालाहरुलाई जानकारी गराउन पनि नमुना अभ्यास गरिएको सेनाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्