Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


वर्षभरमा ६६ वटामात्रै गुणस्तर प्रमाण चिह्न


65
Shares

काठमाडौं । औद्योगिकीकरणको पूर्ण अभ्यास नहुनु, प्रशासनिय एंव प्रक्रियागत झन्झट हुनु तथा मापदण्ड पनि आफंमा कसिलो भएका कारण औद्योगिक उत्पादनको गुणस्तर सुनिश्चितताका लागि निर्धारित मापदण्ड पुरा गरी दिइने नेपाल गुणस्तर चिह्न लिने उद्योगको संख्या अपेक्षाकृत रूपान बढ्न सकेको छैन ।

जसका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा ६६ वटामात्रै गुणस्तर चिह्न जारी भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा पनि ६७ वटा गुणस्तर चिह्न मात्रै प्रदान गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति भरतराज आचार्य देशका औद्योगिकरणको पूर्ण अभ्यास नभएको, प्रशासनिक प्रतिक्रियागत झन्झट तथा मापदण्ड पनि कसिलो खालको नभएको एनएस चिह्न कम जारी भएको बताउँछन् ।

सिमेन्ट, पाइप, डन्डी लगायतका केही वस्तुलाई अनिवार्य एनएस लिनुपर्ने प्रावधान छ भने अन्य केहीमा बाध्यकारी व्यवस्था छैन, उनी भन्छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।