काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई चेतनास्तर विकास गर्न नसक्दा कोरोना समस्या भयावह अवस्थामा पुग्ने खतरा बढेको बताएका छन् ।
उनले नेपाल र नेपालीहरू असहज र असामान्य अवस्थामा रहेको बताउँदै विश्वनै कोरोनाको तयारीमा जुट्न नसकेको पनि बताए । यद्यपी, कोरोनामुक्त नेपाल बनाउने प्रयास जारी रहेको उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै सरकारले ९७ हजार नागरिकलाई क्वारेनटाइनमा राख्नसक्ने जानकारी दिए ।
उनले नेपाललाई कोरोनामुक्त देश बनाउने अभियानमा बाहिरबाट आएका नागरिकको कारणले सफलता हात पार्न नसकेको बताए ।
ओलीले भने, ‘कोरानाभित्र छिरेर राजनीति गर्न खोज्ने, कोरोनाको नियन्त्रणभन्दा पनि राजनीति गर्न खोज्ने बाहेक जनताबाट व्यापक सहयोग पाएको छ ।’ नेपालमा कोरोनाको कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने प्रयास विभिन्न कारणले सफल हुन नसकेको पनि बताए ।
उनले कोरोनाको कारण मृत्यु भएको परिवारमा समवेदना तथा सङ्क्रमितको स्वास्थ्यलाभको कामना गरे ।









प्रतिक्रिया दिनुहोस्