काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालले कोरोना महामारीको सुरूवात देखि नै उच्च राजनैतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्र मार्फत विपदको प्रतिकार्य गरेको बताएका छन् ।
कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय रहेको उनले बताए ।
७३ औं विश्व स्वास्थ्य महासभालाई आज सम्बोधन गर्दै मन्त्री ढकालले संक्रमितको संख्या केही दिन यता बढ्दो क्रममा रहेको र आउँदा दिनहरू थप चुनौतीपुर्ण हुन सक्ने बताए ।
स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको उनको भनाई छ ।
महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको उनले बताए ।
मन्त्री ढकालले विश्वभरी महामारी विरूद्ध अंग्रपंक्तिमा रही निरन्तर खटीरहेका सम्पुर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मान व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्