Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


विद्युत सर्ट भइ आगलागी हुँदा करिब दश लाख बराबरको क्षति


0
Shares

बझाङ । बझाङको छवीसपाथीभरा गाँउपालिका–१ सुगवालको एक घरमा विद्युत सर्ट भइ आगलागी हुँदा करिब दश लाख बराबरको क्षति भएको छ ।

स्थानीय रमेश गिरीको घर र पसलमा आगलागी भएको हो ।

राति ९ बजे तिर विद्युत सर्ट भएर आगलागी हुँदा पसल र घरका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय वझाङ्ले जनाएको छ ।

विहान ४ बजेतिर मात्रै प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीले अन्य घरमा पनि क्षति पुगेको छ ।