वीरगन्ज, जेठ ५ । जिल्ला प्रशासन कार्यालय पर्साले ‘लकडाउन’ कायमै राख्दै निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले व्यवस्थितरुपमा लकडाउनको पालना गराइ निषेधाज्ञा हटाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।
बैठकले लकडाउनलाई पूर्णपालन गरी कृषिको कामलाई सुचारु गर्ने, कृषिको लागि आवश्यक पर्ने वातावरणका लागि सहजीकरण गर्ने, खेतीपातीका लागि सामाजिक दूरी कायम गरी कार्य सञ्चालन गर्ने, ढुवानीको सहज वातावरण बनाउने र नेपाल सरकारले ४२ ओटा कारखाना सञ्चालन गर्ने निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गराइने निर्णय गरेको छ ।
वैशाख ३० गते एकैदिन ३९ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्