Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


बाग्मती प्रदेशको वर्षे अधिवेशन जेठ १२ मा


0
Shares

हेटौँडा, जेठ ५ । बाग्मती प्रदेशको प्रदेशसभाको छैटौँ बैठक (वर्षे अधिवेशन) जेठ १२ गतेका लागि डाकिने भएको छ ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा बसेको बैठकले चर्चित हेटौँडा काठमाडौं मदन भण्डारी मार्गअन्तर्गतको पोस्ट बहादुर सुरुङ मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकताको परियोजनाको रुपमा समावेश गरी सङ्घीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

यसअघि प्रदेशसभा बोलाउने सम्बन्धमा मुख्यमन्त्री पौडेलले प्रदेससभा भवनको निरीक्षण गरे । पौडेलले सुरक्षित तबरले बैठक सञ्चालन गर्न उपयुक्ततासम्बन्धी जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गरे र भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा सभामुख सानुकुमार श्रेष्ठसँग कुराकानी भएको थियो । रासस