Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


बैतडीका तीनजनाको किरिया भारतमै


0
Shares

विनोदसिंह विष्ट (इमेज)  

बैतडी, जेठ ५ । ‘लकडाउन’का कारण नाका बन्द हुँदा गएको पाँच दिनदेखि बैतडीका चारजनाले परिवारका सदस्यको मृत्युपछि भारतमै किरिया गर्न बाध्य भएका छन् ।

बैतडीको सुर्नया गाउँपालिका–३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्टका बुवाको गत वैशाख ३१ गते निधन भएको थियो ।

भारतमा मजदुरी गर्दै आएका दुवैजना नाका बन्द हुँदा भारतको झुलाघाटमै किरिया गर्न बाध्य भएका छन् ।

त्यस्तै, पुर्चौडी नगरपालिका–७ का ठगी साउदकी आमाको पनि यही जेठ १ गते निधन भएको थियो ।

नाका ‘सिल’ हुँदा ठगी झुलाघाटमै किरिया गर्न बाध्य भएका छन् ।

सिगाँस गाउँपालिका–९ का कृष्णसिंह धामी श्रीमतीको निधन हुँदा पनि स्वदेश फर्कन पाएका छैनन् ।

आफूहरुलाई स्वदेश फिर्ताको लागि सम्बन्धित सबैलाई आग्रह गरे पनि फर्कन नपाएको उनीहरुले गुनासो गरेका छन् ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने उनीहरुलाई नेपालको तर्फबाट स्वदेश ल्याउन आवश्यक तयारी गरिरहेको बताएका छन् ।