काठमाडौं, जेठ ५ । बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेकोले यसको असर नेपालमा पनि पर्ने भएको छ ।
‘अंपुन’ नाम दिइएको उक्त चक्रवातका कारण अबको केही घन्टापछि आँधी र भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।
हामीसँग कुरा गर्दै मौसमविद् बरुण पौडेलले अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको बताए ।
यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै दक्षिण-पूर्वी क्षेत्रबाट नेपालसम्म आइपुग्ने मौसमविद् पौडेलले जानकारी दिए ।
यो चक्रवातको प्रभाव यही जेठ ८ गतेसम्म रहने उनको भनाइ छ ।
जसका कारण मंगलबार (भोलि)देखि तीन दिनसम्म बदली हुने र पूर्वी तथा पश्चिमी क्षेत्रमा हिमपातसमेत हुनसक्ने अनुमान गरिएको छ ।
नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुई/तीन दिनमा तीन दिनसम्म देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकोले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
हाल दक्षिण बंगालको खाडीको मध्य भागमा रहेको अंपुन (AMPHAN) चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ।
यो १३ किमि प्रति घण्टाको दरले उत्तर तर्फ सर्दै छ। यसमा हावा २२० Knots per hour (४०७ किमि प्रति घण्टा) को वेग मा रहेको छ। pic.twitter.com/Qgmt8K6OlH— Nepal Weather Forecast (@DHM_Weather) May 18, 2020









प्रतिक्रिया दिनुहोस्