काठमाडौं । समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले थप प्रमाण प्राप्त भएमा पुनः अनुसन्धान हुने सक्नेगरी तामेलीमा राख्ने निर्णय गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमाण प्राप्त भएको दिनमा पुन अनुसन्धान हुन सक्ने गरी तामेलीमा राखिएको जनाइएको छ ।
सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धानको फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो प्रहरीले पेश गरेपनि सरकारी वकिलको कार्यालयले भने अनुसन्धान नै पूर्ण नभएको भन्दै तामेलीमा राखेको हो ।
सरकारी वकिल कार्यालयले गत वैशाख २२ गते प्रहरीले जाहेरी गर्न नमानेको विरुद्धको उजुरी दर्ता गर्दै प्रहरीलाई जाहेरी दर्ता गरेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
गत वैशाख २६ गते काठमाडौंबाट प्रहरी निरीक्षक देवी पौडेल नेतृत्वको टोली सांसद अपहरण भए भनिएको जिल्ला महोत्तरीमा गई सांसद यादवको महोत्तरीको घर पुगेर मुचुल्का उठाएको थियो ।









प्रतिक्रिया दिनुहोस्