२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


कालिमाटी तरकारी बजारका सबैको कोरोना नतिजा नेगेटिभ, बजार पूर्ण रुपमा संचालनमा


0
Shares

काठमाडौं । कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ ।

यही जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।

परीक्षणका क्रममा एक जना भरिया र एक जना सवारी चालकको आरडीटी पोजेटिभ देखिएको थियो ।

उनीहरुलाई टेकु अस्पतालको आइसोलेशमा राखिएको थियो ।

काठमाडौं महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरिया, सवारी चालक, सरसफाई कर्मचारीहरु सबैको कोरोना परीक्षण गराएको थियो ।

परीक्षण गरिएका सबैमा टेस्ट नेगेटिभ आएपछि कालिमाटी तरकारी बजार पूर्ण रुपमा सञ्चालनमा आइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।