सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभीर नजिकै सुनकोसी नदीमा पौडी खेल्न जाँदा डुबेर दुई युवक बेपत्ता भएका छन् ।
सुनकोसी नदीमा पौडी खेल्ने क्रममा पञ्चकोटी नगरपालिका–७ का २० वर्षीय विश्वजनक बुढा क्षेत्री र सोही ठाउँका १९ वर्षीय दिनेश बुढा क्षेत्री बेपत्ता भएको सिन्धुली प्रहरीले जनाएको छ ।
बेपत्ता भएका दुवै जनालाई पौडी खेल्ने क्रममा सुनकोसी नदीले बगाएको अनुमान गरिएको छ ।
बेपत्ता भएकाको खोजीका लागि फिक्कल गाउँपालिका पखाङसाङबाट सात जनाको प्रहरी टोली परिचालन भएको छ ।
वेपत्ता हुनेहरु दुवैजना खाङसाङमा काठ मिस्त्री रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्