Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


चुनाव घोषणसँगै राजस्व छली गर्नेहरू सल्बलाउँदै

नेक्सस र जालो उच्च तहसम्मै

117
Shares

काठमाडौं । सरकारले संघीय निर्वाचन घोषणा गरेसँगै राजस्व छली गर्दै सरकारलाई ठग्न खोज्ने सक्रिय हुनसक्ने देखिएको छ ।

निर्वाचन घोषणापछि राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सबै संयन्त्र निर्वाचन केन्द्रीत हुने भएकाले त्यसैको मौका छोपी राजस्व छली गर्ने सक्रिय हुनसक्ने देखिएको हो ।

उनीहरूको पहुँच र नेक्सस उच्चपदस्थ व्यक्तिसँग हुने भएकाले राजस्व छली रोक्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ ।

सरकारले आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा गर्ने गरी मिति घोषणा गरिसकेको छ । यो घोषणासँगै विभिन्न बाहानामा आर्थिक कारोबारको क्रमसमेत बढ्ने बताइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।