
तस्बिर फाइल
काठमाडौं । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन् ।
दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो । त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन ।
पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको फोहोर नउठाई घरबाट निस्केको फोहोर मात्र उठाउन थालेको छ ।
अझ करिब १० दिनदेखि थुप्रिएको घरघरको फोहोर भोलिबाट मात्र उठाउने भएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्